८ मंसिर २०८१, शनिबार 1732359766
Banner

बागमती प्रदेशमा मन्त्रिपरिषद् विस्तार, समाजवादीकी आलेले लिइन् शपथ

मकवानपुर । बागमती प्रदेशको मन्त्रिपरिषद् विस्तार भएको छ । नेकपा एकीकृत समाजवादीबाट विना विभागीय मन्त्रीमा नियुक्त रमा आलेमगरले पद तथा गोपनीयताको शपथ लिएकी छन् ।

मन्त्री आलेलाई प्रदेशका प्रमुख यादवचन्द्र शर्माले मंगलबार बिहान पद तथा गोपनीयताको शपथ ग्रहण गराएका छन् ।

आलेले मन्त्री पदमा शपथ लिएसँगै प्रदेशमा मन्त्रीको सङ्ख्या ८ पुगेको छ । प्रदेशको १२ मन्त्रालय मध्ये मुख्यमन्त्री सहित माओवादी केन्द्रका ४, एमालेका १, एकीकृत समाजवादीका ३ र हाम्रो नेपाली पार्टीका एक जना मन्त्री रहेका छन् । अन्य ४ मन्त्रालय मन्त्री विहीन अवस्थामा रहेका छन् ।