२ मंसिर २०८३, बुधबार Wednesday, 18 November 2026
हामीलाई पछ्याउनुहोस्
२ मंसिर २०८३, बुधबार 5:51 am
Banner

माओवादी पूर्वकमान्डर कालीबहादुर खाम पक्राउ

सूचना प्रेस २०८० चैत्र २० मंगलबार ००:००, १६:०६ बजे १ मिनेट पढाइ

काठमाडौं-नेकपा माओवादीका पूर्वकमान्डर कालीबहादुर खाम पक्राउ परेका छन्। कोटेश्वरका व्यापारी रामहरि श्रेष्ठको अपहरणपछि हत्याको आरोप लागेका खामलाई ठमेलबाट पक्राउ गरिएको हो ।

खामलाई मंगलबार काठमाडौंको ठमेल क्षेत्रबाट नियन्त्रणमा लिइएको काठमाडौं प्रहरी परिसरका प्रवक्ता एसपी नवराज अधिकारीले जानकारी दिनुभयो।

खाम १५ वर्षदेखि प्रहरीको फरार सूचीमा थिए ।