१ जेष्ठ २०८३, शुक्रबार 1778904749
Banner

टोखामा यसरी मनाइयो बिस्का जात्रा (तस्बिरहरू)

काठमाडौं । राजधानीमा मनाइने गरेको हिन्दूहरूको पर्व बिस्का जात्राको अवसरमा शनिबार टोखामा विभिन्न देवीदेवताका खटहरू नगर परिक्रमा गरिएको छ। साथै रथहरू पोखरीमा लगेर नचाइ नगर परिक्रमा गरिएको छ।

बिस्काः जात्रा टोखामा वैशाख १ देखि ४ गतेसम्म मनाइन्छ। बिस्का जात्रा गर्न हजारौं स्थानीयको घुइँचो लागेको थियो। विभिन्न बाजागाजा, झाँकीका साथ रथ घुमाइएको थियो। थलागटोलमा चण्डेश्वरी मूल जात्रा एवं सिन्दूर जात्रा मनाई राति थनेलाछी भन्ने स्थानमा याप्याखँ, दियो बाल्ने तथा भजन कृतन गर्ने गरिन्छ । तस्विर रासस