१ जेष्ठ २०८३, शुक्रबार 1778894250
Banner

इलाम उपनिर्वाचनमा ७९ मतदानस्थल र १४९ मतदान केन्द्र रहने

काठमाडौं : आगामी वैशाख १५ गते हुने उपनिर्वाचनका लागि निर्वाचन आयोगले इलाम र बझाङमा मतदान स्थल तोकेको छ। इलाम जिल्लाको प्रतिनिधिसभा निर्वाचन क्षेत्र नम्बर २ मा ७९ मतदान स्थल र १४९ मतदान केन्द्र कायम गरिएको छ। त्यस्तै, बझाङ जिल्लाको प्रतिनिधिसभा निर्वाचन क्षेत्र नम्बर १ को प्रदेशसभा निर्वाचन क्षेत्र नम्बर १ मा ७४ मतदान स्थल र ९३ मतदान केन्द्र कायम गरिएको आयोगका सहसचिव एवम् प्रवक्ता शालिग्राम शर्मा पौडेलले जानकारी दिए।

साथै पौडेलका अनुसार आयोगले देशभर १० हजार ८९२ मतदान स्थल कायम गरेको छ। निर्वाचन  सम्पन्न गर्ने तथा राजनीतिक दलसम्बन्धी दर्ता र अन्य विवादको निरूपण गर्ने आदि काम निर्वाचन आयोगले गर्ने संवैधानिक व्‍यवस्था छ।