२ मंसिर २०८३, बुधबार Wednesday, 18 November 2026
हामीलाई पछ्याउनुहोस्
२ मंसिर २०८३, बुधबार 7:19 am
Banner

६ लाख बराबरको अवैध कण्डमसहित एक जना पक्राउ

सूचना प्रेस २०८० चैत्र २६ सोमबार ००:००, ११:४० बजे १ मिनेट पढाइ

काठमाडौँ । प्रहरीले कैलालीको धनगढीमा झण्डै साढे ६ लाख बराबरको अवैध कण्डमसहित एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा धनगढी उपमहानगरपालिका–१ को शिवनगरका २५ वर्षीय पंकज चन्द रहेका जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक डीएसपी कबिन्द्र बोहराले जानकारी दिए ।

उनका अनुसार चन्दको घरबाट १४ कार्टुन भाईब्रेट कण्डम बरामद गरिएको छ । सुत्ने कोठामा लुकाइछिपाइ राखेको अवस्थामा विशेष सूचनाका आधारमा उक्त कण्डम बरामद गरिएको प्रहरीले जनाएको छ । बरामद गरिएको कण्डम र चन्दलाई आवश्यक कारवाहीका लागि राजश्व अनुसन्धान कार्यालय कोहलपुरको जिम्मा लगाइएको जनाइएको छ ।

चिनबाट आयात हुने उक्त कण्डम कैलाली हुँदै भारततर्फ सप्लाई हुने गरेको प्रहरीको भनाइ छ ।