२ जेष्ठ २०८३, शनिबार 1778967032
Banner

राष्ट्रियसभा उपाध्यक्षको निर्वाचन आज हुँदै, पुडासैनी र घिमिरे मैदानमा

काठमाडौं । राष्ट्रियसभा उपाध्यक्षको निर्वाचन आज हुँदैछ। आज दिउँसो बस्ने राष्ट्रियसभाको बैठकमा मत विभाजनसहित लिखित हस्ताक्षरबाट उपाध्यक्षको निर्वाचन हुनेछ।

उपायक्षका लागि सत्ता गठबन्धनका तर्फबाट नेकपा एमालेकी विमला घिमिरेले मनोननय दर्ता गराएकी छिन् भने नेपाली कांग्रेसका तर्फबाट विष्णुदेवी पुडासैनीले मनोनयन दर्ता गराएकी छिन्।

नयाँ सत्ता समीकरणपछि राष्ट्रियसभाको अध्यक्षमा माओवादी केन्द्रका नारायणप्रसाद दाहाल निर्वाचित भएपछि माओवादीबाटै प्रतिनिधित्व गरेकी उपाध्यक्ष उर्मिला अर्यालले राजीनामा दिएकी थिइन्।