१ मंसिर २०८३, मंगलबार Wednesday, 18 November 2026
हामीलाई पछ्याउनुहोस्
१ मंसिर २०८३, मंगलबार 5:41 am
समाचार

एन्फा उपाध्यक्ष दावा लामा छुटे

सूचना प्रेस २०८१ बैशाख ६ बिहिबार ००:००, १३:५६ बजे १ मिनेट पढाइ

काठमाडौँ । लागू औषध मुद्दामा फरार रहेको भन्दै बुधबार पक्राउ परेका अखिल नेपाल फुटबल संघ(एन्फा) उपाध्यक्ष दावा लामा छुटेका छन् ।

काठमाडौं जिल्ला अदालतले बिहीबार लामालाई छाडेको हो । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले लामालाई पक्राउ गरेको थियो ।

लामालाई ५ वर्ष कैद सजाय भएको र ४ वर्षभन्दा बढी कैद भुक्तान हुन बाँकी रहेको भन्दै प्रहरीले पक्राउ गरेको थियो ।