१ मंसिर २०८३, मंगलबार Wednesday, 18 November 2026
हामीलाई पछ्याउनुहोस्
१ मंसिर २०८३, मंगलबार 5:19 am
Banner

सुदूरपश्चिमका मुख्यमन्त्री दीर्घ सोडारीको नियुक्तिविरुद्ध सर्वोच्चमा रिट

सूचना प्रेस २०८१ बैशाख ९ आइतबार ००:००, १८:०८ बजे १ मिनेट पढाइ

काठमाडौं । सुदूरपश्चिमको मुख्यमन्त्रीमा दीर्घ सोडारीको नियुक्तिविरुद्ध सर्वोच्च अदालतमा रिट दर्ता भएको छ । आइतबार नागरिक उन्मुक्ति पार्टीका लक्ष्मणकिशोर चौधरीले सोडारीको मुख्यमन्त्री नियुक्ति बदर गर्न माग गर्दै सर्वोच्चमा रिट दायर गर्नुभएको हो ।

चौधरीद्वारा दायर रिटमा भनिएको छ, ‘‘नेपालको संविधानको धारा १६८ ९२० बमोजिम निवेदकलाई मुख्यमन्त्री पदमा नियुक्त गरी सरकार गन गर्न दिनुपर्ने संवैधानिक कर्तव्य भएका विपक्षी प्रदेश प्रमुखज्यू सो बाट च्युत भई मलाई सो अवसरबाट जबरजस्त वञ्चित गरी ।’’

उहाँले मुख्यमन्त्रीमा सोडारीको नियुक्त गैरसंवैधानिक भएको जिकिर गर्नुहुँदै आफूलाई मुख्यमन्त्री नियुक्त गर्न परमादेशको माग गर्नुभएको छ ।

उहाँले दुई दिन म्याद थप्ने र सोडारीलाई मुख्यमन्त्री नियुक्त गर्ने निर्णय कार्यान्वयन नगर्न अन्तरिम आदेशको समेत माग गर्नुभएको छ । उक्त रिटको पेसी सोमबारका लागि तोकिएको सर्वोच्चले जनाएको छ ।