२ मंसिर २०८३, बुधबार Wednesday, 18 November 2026
हामीलाई पछ्याउनुहोस्
२ मंसिर २०८३, बुधबार 6:05 am
समाचार

क्याप्टेन शेर्पा निलम्बनमा

सूचना प्रेस २०८१ बैशाख १० सोमबार ००:००, ०७:०४ बजे १ मिनेट पढाइ

काठमाडौँ- नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) ले प्रभु हेलिकप्टर लिमिटेडका क्याप्टेन पासाङ शेर्पालाई निलम्बन गरेको छ ।

क्याप्टेन शेर्पाले उडानका दौरान केही अस्वीकार्य र अनधिकृत गतिविधि गरेका कारण निलम्बन गरिएको नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) प्रवक्ता हंसराज पाण्डेले जानकारी दिनुभयो ।

उहाँले भन्नुभयो, “क्याप्टेन शेर्पाले उडानका दौरान केही अस्वीकार्य र अनधिकृत गतिविधि गरेका कारण अर्को सूचना जारी नभएसम्म निलम्बन गरिएको हो, घटनाबारे अनुसन्धान भइरहेको छ ।”