१ जेष्ठ २०८३, शुक्रबार 1778902815
Banner

नवनिर्वाचित सुहाङ विजयी र्‍यालीमा सरिक

काठमाडौं । इलाम क्षेत्र–२ को प्रतिनिधि सभा सदस्य उपनिर्वाचनमा नेपाल कम्युनिष्ट पार्टी एमालेका तर्फबाट विजयी हुनुभएका सुहाङ नेम्वाङ् मङ्गलबार निर्वाचित प्रमाणपत्र ग्रहणपश्चात् विजयी र्‍यालीमा सरिक हुनुभएको छ । काठमाडौं(नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले इलाम क्षेत्र नम्बर २ बाट प्रतिनिधि सभा सदस्यमा निर्वाचित सुहाङ नेम्बाङलाई बधाई तथा शुभकामना दिनु भएको छ।

२०८१ वैशाख १५ गते शनिबार भएको उपनिर्वाचनको आज मंगलबार बिहान अन्तिम नजिता सार्वजनिक भएसँगै अध्यक्ष ओली इलाम पुगेर सुहाङलाई बधाई दिनुभएको हो।

अध्यक्ष ओली सुहाङलाई बधाई दिएर अहिले ‘धन्यवाद सभा’ मा सहभागी हुनु भएको छ। नेकपा एमालेले सदरमुकाम इलाम बजारमा धन्यवाद सभा राखेको छ। सो सभामा सहभागी हुनुअघि ओलीले इलाम बजारस्थित एक होटलमा सुहाङलाई भेटेर बधाई दिनुभयो।