४ आश्विन २०८१, शुक्रबार 1726881669
Banner

महानगरपालिका र उपमहानगरपालिकाको भागबन्डामा सकस बढेपछि गठबन्धनको बैठक आजपनि बस्दै

काठमाडौं । सत्ता गठबन्धनभित्र स्थानीय तहको निर्वाचनमा सिट बाँडफाँटबारे सहमति जुट्न नसकेपछि आजपनि बैठक बस्दै छ । बिहान ९ बजे बस्ने गरी बैठक बोलाइएको छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बैठक बस्नेछ ।

बैठकमा आसन्न स्थानीय तह निर्वाचनमा विशेष गरी महानगरपालिका र उपमहानगरपालिकाको भागबन्डामा सकस देखिएको छ ।

आइतबार गठबन्धनको निर्वाचन तयारी तथा अनुगमन समितिको बैठकमा भागबन्डा टुंग्याई शीर्ष नेतृत्वलाई रिपोर्ट बुझाउने तयारी थियो । तर, दलहरू आ(आफ्नै अडानमा रहँदा बैठक निष्कर्षविहीन बन्यो ।

बैठकमा नेपाली कांग्रेसले ६ वटै महानगरपालिकामा आफ्नो दाबी प्रस्तुत गरेको थियो । नेकपा (माओवादी केन्द्र)ले भरतपुर महानगर छाड्न मानेन भने दुईवटा उपमहानगरमा पनि दाबी कायमै राख्यो ।

नेकपा (एकीकृत समाजवादी)ले महानगरपालिकामा पोखरा मागेको छ भने उपमहानगरमा बुटवल, हेटौँडा र इटहरी मागेको छ । जनता समाजवादी पार्टी (जसपा)ले पहिल्यैदेखि वीरगन्ज दाबी गरेको छ । शिर्ष नेताहरुबीच सहमति जुटन नसकेपछि आजपनि बैठक बोलाइएको छ ।