१ मंसिर २०८३, मंगलबार Wednesday, 18 November 2026
हामीलाई पछ्याउनुहोस्
१ मंसिर २०८३, मंगलबार 2:49 am
Banner

आजदेखि ट्याक्सीमा नयाँ भाडादर लागू हुँदै

सूचना प्रेस २०७९ बैशाख ५ सोमबार ००:००, १०:०० बजे १ मिनेट पढाइ

काठमाडौं । आजदेखि ट्याक्सीमा नयाँ भाडादर लागू हुँदैछ। बागमती प्रदेश सरकारले बैशाख १ गतेदेखि अन्य यातायातको साधनमा बढेको भाडादर लागू गरे पनि ट्याक्सीमा भने आजदेखि मात्रै लागू गर्न लागेको हो।

बागमती प्रदेश सरकारले निर्धारण गरिएको भाडादर अनुसार ट्यक्सीमा सुरुवाती कलमा ५० रुपैयाँ, प्रति दुई सय मिटरमा १० रुपैयाँ, जाममा रोकिनु पर्दाको प्रतिक्षा शुल्क प्रति १ मिनेटको १ रुपैयाँ २० पैसा र प्रतिक्षा अधिकतम समय ३० मिनेट कायम गरिएको छ।

आजदेखि प्रतिदिन ६० वटा ट्याक्सीको मिटरमा भाडा समायोजन गरिने गुणस्तर तथा नापतौल विभागले जनाएको छ। सबै ट्यक्सीका मिटरमा भाडा समायोजन गर्न एक महिनाभन्दा बढि लाग्ने विभागले जनाएको छ। त्यतिन्जेल सम्म ट्याक्सीमा यात्रुले देख्नेगरी मिटरमा देखिने साविकको भाडादर र यात्रुले तिर्नुपर्ने नयाँ भाडादर टाँस्नुपर्ने विभागले जनाएको छ।