५ मंसिर २०८१, बुधबार 1732136654
Banner

सुहाङले लिए प्रतिनिधिसभा सदस्यको शपथ

काठमाडौं । इलाम २ मा नेकपा एमालेबाट निर्वाचित सुहाङ नेम्वाङले प्रतिनिधिसभा सदस्यको शपथ लिएका छन् ।

आज एक समारोहबीच सभामुख देवराज घिमिरेले उनलाई पद तथा गोपनीयताको शपथ गराए । सँगै उनलाई प्रतिनिधिसभा सदस्यको लोगो लगाइदिएका छन् ।

यही वैशाख १५ गते सम्पन्न उपनिर्वाचनमा नेम्वाङ विजयी भएका थिए । नेपाली कांग्रेसका डम्बर खड्कालाई ५८३० भोटले पछि पार्दै सुहाङले प्रतिनिधिसभा सदस्यको यात्रा तय गरेका हुन् । सुहाङले २७ हजार ७७२ भोट पाउँदा कांग्रेसका खड्काले २१ हजार ९४२ भोट ल्याएका थिए ।