१ मंसिर २०८३, मंगलबार Wednesday, 18 November 2026
हामीलाई पछ्याउनुहोस्
१ मंसिर २०८३, मंगलबार 2:24 am
Banner

चुनाव सार्ने षडयन्त्र भएको एमाले निचोड : कडा प्रतिवाद गर्ने निर्णय

सूचना प्रेस २०७९ बैशाख ६ मंगलबार ००:००, ०५:२८ बजे १ मिनेट पढाइ

भक्तपुर -नेकपा एमालेले सरकारले स्थानीय तहको निर्वाचन सार्न खोजेको आरोप लगाएको छ ।

सोमबार साँझ अध्यक्ष केपी शर्मा ओलीको निवास बालाकोटमा बसेको सचिवालय बैठकले चुनाव रोक्न खोजिए प्रतिवाद गर्ने निर्णय गरेको हो ।

“वर्तमान सरकारले वैशाख ३० गते हुन लागिरहेको निर्वाचन सार्ने षड्यन्त्र भइरहेको भन्ने आभास हामीलाई भएको छ । त्यसको हामी कडा प्रतिवाद गर्छौं, विरोध गर्छौं । कुनै पनि हालतमा चुनाव सार्ने षड्यन्त्रलाई निस्तेज पार्छौं,” एमाले प्रचार विभाग प्रमुख पृथ्वीसुब्बा गुरुङले भन्नुभयो ।