५ मंसिर २०८१, बुधबार 1732115720
Banner

सत्तारुढ दलका प्रमुख सचेतकसँगको छलफलमा प्रधानमन्त्री

काठमाडौं-प्रतिनिधिसभा बैठक बस्नुअघि प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सत्तारुढ दलका प्रमुख सचेतकहरूसँग छलफल गर्नुभएको छ। नयाँ बानेश्वरस्थित संसद् भवनमा प्रधानमन्त्री प्रचण्डले सचेतकहरूसँग छलफल गर्नुभएको हो ।

नेकपा (एमाले), नेकपा (माओवादी केन्द्र), राष्ट्रिय स्वतन्त्र पार्टी, नेकपा (एकीकृत समाजवादी) का प्रमुख सचेतकहरूसँग बसेर उहाँले सदन खुलाउनेबारे छलफल गरेको उहाँको सचिवालयले जनाएको छ।

दुई पटक स्थगित गरेर अपरान्ह साढे ४ बजेका लागि बोलाइएको प्रतिनिधिसभा बैठक ६ बज्दा पनि सुरु हुन सकेको छैन।