५ मंसिर २०८१, बुधबार 1732101129
Banner

रवि लामिछानेले भने, म ठग होइन

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले आफ्नै सांसदहरूलाई स्पष्टीकरण दिएका छन् ।

आइतबार प्रतिनिधिसभा बैठकमा उनले प्रतिपक्ष र मिडियाले लगाएको आरोपबाट भ्रममा नपर्न आग्रह गरे । उपप्रधान एवं गृहमन्त्री समेत रहेका उनले आफू ठग नभएको बताए ।

“म यतातिर रहेका सांसदहरूलाई भन्न चाहन्छु– तपाईंको सभापति ठग होइन,” । उनले नेपाली कांग्रेसका महामन्त्री गगन थापाको नाम नतोकी कृषि अनुदानमा बाख्रा पाल्नेहरूलाई सदनबाट बाहिर पठाउन माग गरेका छन् । त्यसको जवाफमा आइतबार संसद् बैठकमा लामिछानेले सरकारको अनुदान लिएर कुखुरा, माछा, खसीबाख्रा पाल्नेलाई सदनबाहिर पठाउन माग गरेका हुन् । त्यस्तै रोलेक्स घडि चोरेको बिषयपनि छानविनको बिषय बन्नुपर्ने बताए ।