७ मंसिर २०८१, शुक्रबार 1732317695
राजनीति

काठमाडौं महानगरपालिका क्षेत्र नम्बर एकको चारै वडामा एमालेको सर्वसम्मत उम्मेदवार

काठमाडौं । नेकपा एमाले काठमाडौं महानगरपालिकाको क्षेत्र नम्बर एकका चारै वडामा सर्वसम्मत उम्मेदवार सिफारिस गरेको छ । एमाले वडा नं १० मा अशोक कार्की, ११ मा योगेन्दमान श्रेष्ठ, २९ मा शिवराम राजवंशी (श्रेष्ठ) , वडा नं ३१ मा सरोज ढकालको अध्यक्षतामा पाँच सदस्य सिफारिस गरेको नेकपा एमाले प्रदेश सांसद गणेश दुलालले बताउनुभयो । उहाँले भन्नुभयो ‘महानगरपालिकाको क्षेत्र नम्बर एकको चारवटै वडामा हामीले सर्वसम्मत सिफारिस गरेका छौ, अब जिल्लाबाट निर्णय भएर चुनावी अभियानमा होमिन्छौ ।’

सांसद दुलालले नेकपा एमालेको सरकारले गरेका विकास निमार्णका राम्रा काम लिएर जनतामा जाने र चुनाब जित्ने विश्वास व्यक्त गर्नुभयो ।