२ मंसिर २०८३, बुधबार Wednesday, 18 November 2026
हामीलाई पछ्याउनुहोस्
२ मंसिर २०८३, बुधबार 5:47 am
Banner

चितवनमा तीन केजी सुन र दुईलाख नगदसहित पसल चोरी

सूचना प्रेस २०८१ असार २ आइतबार ००:००, ०९:४६ बजे १ मिनेट पढाइ

चितवन । कालिका नगरपालिका वडा नम्बर ६ खोलेसिमल बजारमा सुनचाँदी सहित नगद चोरी भएको छ । शनिबार राती ८ बजेर ४० मिनेट जाँदा विनोद सुनारको पसलबाट अन्दाजी ३ केजी सुन, ३५ केजी चाँदी र दुई लाख रुपैयाँ नगद चोरी भएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ । 

सुनचाँदी पसलमा चोरी भएको घटनाको जानकारी पाए लगत्तै कार्यालयबाट प्रहरी उपरीक्षक समेतको प्रहरी टोली खटिई गई घटनाको सूक्ष्म अनुसन्धान कार्य भइरहेको प्रहरीले जनाएको छ ।  चोरी भएको भनिएको मध्यको ७७६.८१ ग्राम सोही पसलमा फेला परेको छ  । उक्त घटनाको विषयमा ४ जनासँग  सोधपुछ भइरहेको प्रहरीले जनाएको छ ।