४ आश्विन २०८१, शुक्रबार 1726856580
Banner

सरकार र आन्दोलनरत ट्याङ्कर चालकबीच सहमति

काठमाडौँ । सरकार र आन्दोलनरत ट्याङ्कर चालकबिच सहमति भएको छ । योसँगै तेल आपूर्ति पनि सुरु भएको छ ।
सिंहदरबारस्थित उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयमा छलफलमा चालकहरू पेट्रोलियम पदार्थको ढुवानी गर्न सहमत भएका हुन् ।

नेपाल आयाल निगमका प्रवक्ता मनोजकुमार ठाकुरले पेट्रोलियम ट्यांकर चालक संघ, निगम र मन्त्रालयबीच भएको छलफलमा चालकले पेट्रोलियम पदार्थ ढुवानी गर्ने सहमत भएको बताए ।

उनले भने, ‘अबको १ घन्टाभित्र बजारको अभाव हट्नेछ । ७ वटा मागमा केही माग निगमले पूरा गर्नेछ । भने केही माग पूरा गर्न एउटा कमिटी बनेको छ । त्यो कमिटीले अध्ययन गरेर प्रतिवेदन दिएपछि त्यही अनुसार अगाडि जानेछ ।’

आयल निगममा लामो समयदेखि ट्यांकर चालक मजदुरहरू आवश्यक सेवा सुविधाविना नै काम गर्न बाध्य रहेको र यो समस्या समाधानका लागि लामो समयदेखि अनुरोध गर्दा पनि सुनुवाइ नभएको भन्दै ७ बुँदे माग राखेर हड्तालमा उत्रिएका थिए ।