४ आश्विन २०८१, शुक्रबार 1726845388
Banner

सुनको मूल्य एकैदिन १९ सय बढ्यो, चाँदीको मूल्य पनि बढ्यो

काठमाडौँ । आज नेपाली बजारमा सुनचाँदीको मूल्य बढेको छ ।

शुक्रबार सुन प्रतितोला १९ सय बढेको छ । शुक्रबार सुन प्रतितोला १ लाख ४४ हजार ७ सय रुपैयाँमा कारोबार भइरहेको सुनचँदी व्यवसायी महासंघले जनाएको छ । यसअघि बिहीबार छापावाल सुन प्रतितोला एक लाख ४२ हजार ८ सयमा कारोबार भएको थियो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज तेजाबी सुन प्रतितोला १ लाख ४४ हजारमा खरिदबिक्री भइरहेको छ । आज चाँदीको मूल्य पनि बढेको छ । आज चाँदीको मूल्य तोलाको २५ रुपैयाँले बढेको हो भने प्रतितोला १८६५ रुपैयाँमा कारोबार भइरहेको छ ।