४ आश्विन २०८१, शुक्रबार 1726831982
समाचार

एनएमबि बैंकको कतार एयरवेजसँग साझदारी, ग्राहकहरुलाई टिकटमा १० प्रतिशत सम्म छुट

काठमाडौं : एनएमबि बैंकले विश्वकै अग्रणी एयरलाइन्स कतार एयरवेजसँग साझेदारी गरी आफ्नो ग्राहकहरुलाई विशेष छुट उपलब्ध गराउने भएको छ। एनएमबि बैंकका ग्राहकहरूले कतार एयरवेजको वेबसाइटमार्फत हवाई भाडा खरिद गर्दा १० प्रतिशत सम्मको छुट प्राप्त गर्न सक्नेछन्।

छुट प्राप्त गर्नको लागि नेपालबाट प्रस्थान गर्ने कतार एयरवेजको उडानको टिकट काट्दा, ग्राहकले अनलाइन प्रमोशनल कोड त्तच्ल्ःद्यद्दद्ध प्रयोग गर्नुपर्नेछ। यो अफरमार्फत ग्राहकहरूले सुपथ मूल्यमा आरामदायी उडानको लाभ लिन सक्नेछन्।

साथै, कतार एयरवेज स्टुडेन्ट क्लबका विद्यार्थीहरूले थप लगेज लगायत अन्य विशेष सुविधासमेत पाउनेछन्।

एनएमबि बैंक विगत २८ वर्षदेखि अनवरत रूपमा बैंकिङ्ग सेवा सुविधा प्रदान गर्दै आइरहेको, नेपाल राष्ट्र बैंकबाट “क” वर्गको इजाजतपत्र प्राप्त एक अग्रणी वित्तीय संस्था हो। एनएमबि बैंकले हाल देशभर २०१ शाखा, १८८ एटिएम र ११ एक्सटेन्सन काउन्टरहरु मार्फत उच्चस्तरीय सेवा प्रदान गदै आइरहेको छ।