५ आश्विन २०८१, शनिबार 1726925948
Banner

प्रतिनिधिसभाको सचिवमा सुरेश अधिकारीलाई नियुक्त

काठमाडौँ-राष्ट्रपति रामचन्द्र पौडेलले सङ्खुवासभाका सुरेश अधिकारीलाई प्रतिनिधिसभाको सचिवमा नियुक्त गर्नुभएको छ।

'राष्ट्रपति पौडेलले प्रतिनिधिसभाका सभामुखको सिफारिसमा नेपालको संविधानको धारा, १०६ को उपधारा (१) बमोजिम खाँदबारी नगरपालिका-२ निवासी अधिकारीलाई सङ्घीय संसद्, प्रतिनिधिसभाको सचिव पदमा नियुक्त गर्नुभएको छ,' राष्ट्रपतिको कार्यालयले जारी गरेको विज्ञप्तिमा भनिएको छ।