१९ कार्तिक २०८३, बिहिबार Thursday, 5 November 2026
हामीलाई पछ्याउनुहोस्
१९ कार्तिक २०८३, बिहिबार 3:46 pm
Banner

एमालेको सचिवालय बैठक जारी

सूचना प्रेस २०८१ असार १८ मंगलबार ००:००, १५:५२ बजे १ मिनेट पढाइ

काठमाडौं । नेकपा एमालेको सचिवालय बैठक जारी छ। च्यासलस्थित पार्टी केन्द्रीय कार्यालयमा बैठक बसिरहेको हो। बैठकमा नेपाली कांग्रेससँगको गठबन्धन, सरकार गठनलगायत विषयमा छलफल हुने जनाइएको छ।

प्रतिनिधिसभाका दुई ठूला दल नेपाली कांग्रेस र एमालेबीच नयाँ गठबन्धन गर्ने सहमति भएको छ। सहमति अनुसार पहिलो चरणमा एमाले अध्यक्ष केपी ओलीले सरकारको नेतृत्व गर्नेछन् भने दोस्रो चरणमा डेढ वर्षपछि कांग्रेस सभापति शेरबहादुर देउवाले सरकारको नेतृत्व गर्नेछन्।

एमालेले अर्थसहित ९ वटा मन्त्रालय र कांग्रेसले गृहसहित १० वटा मन्त्रालय लिने सहमति भएको जनाइएको छ।