२ कार्तिक २०८१, शुक्रबार 1729300778
Banner

काठमाडौंको नयाँ बजारमा सडक भाँसियो, मोटरसाइकल अझै भेटिएन

काठमाडौं । काठमाडौंको स्रोहखुट्टेस्थित नयाँ बजारमा सडक भाँसिएको छ । सडक भाँसिएर मोटसाइकल खाल्डोभित्र खसेको छ । मोटसाइकल चालक सकुशल रहेका छन् । तर मोटरसाइकल भने अझै भेटिएको छैन ।

सडक ९ फिट गहिरो भाँसिएको प्रहरीले बताएको छ । प्रहरीका अनुसार आज बिहान ५ बजे सडक भाँसिएको थियो । भाँसिनेवित्तिकै मोटरसाइकल चालक खाल्डोमा खसेका थिए । काठमाडौं महानगर प्रहरी र सशस्त्र प्रहरीले मोटरसाइकलको खोजी गरिरहेको छ ।