८ कार्तिक २०८१, बिहिबार 1729764911
Banner

अर्थतन्त्रलाई गति दिन नयाँ गठबन्धन: अध्यक्ष ओली

काठमाडौं-नेपाल कम्युनिष्ट पार्टी (एमाले) अध्यक्ष केपी शर्मा ओलीले मुलुकको अर्थतन्त्रलाई गति दिन नेपाली कांग्रेससँग नयाँ गठबन्धनको सरकार बनाउन लागिएको बताउनुभएको छ।

नयाँ बानेश्वरस्थित संसद् भवनमा आज संसदीय दलको बैठकलाई सम्बोधन गर्दै उहाँले रोकिएका विकास निर्माणलाई अगाडि बढाउन र राष्ट्रिय आवश्यकतालाई सम्बोधन गर्न कांग्रेससँग मिलेर राष्ट्रिय सहमतिको सरकार बनाउन लागिएको बताउनुभयो। उहाँले मुलुकको सङ्कट समाधानका लागि कांग्रेसँग मिलेर सरकार बनाउन लागिएको बताउनुभयो। उहाँले एमालेले कांग्रेससँगै मिलेर २०४६ सालको आन्दोलन र २०६२/०६३ सालको जनआन्दोलन गरेको स्मरण गर्नुभयो। 

सो पार्टीका प्रमुख सचेतक महेश बर्तौलाले अल्पमतमा परिसकेको वर्तमान पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारलाई दीर्घकालीन असर पर्ने कुनै पनि निर्णय नगर्न आग्रह गर्ने निर्णय गरिएको बताउनुभयो। उहाँले प्रधानमन्त्री प्रचण्डलाई अविलम्ब राजीनामा दिएर राष्ट्रिय सरकारको प्रक्रियालाई मार्ग प्रशस्त गर्न आह्वानसमेत गर्नुभयो। प्रधानमन्त्री प्रचण्डले यही असार २८ गते विश्वासको मत लिँदै हुनुहुन्छ ।