३ कार्तिक २०८१, शनिबार 1729387895
Banner

प्रधानमन्त्री प्रचण्ड पदमुक्त

काठमाडौँ-प्रधानमन्त्री प्रचण्ड नेतृत्वको सरकार ढलेको छ। शुक्रबार प्रतिनिधिसभाबाट विश्वासको मत नपाएसँगै प्रचण्ड नेतृत्वको सरकार ढलेको हो। 

अल्पमतमा परे पनि राजीनामा नदिई सदन फेस गरेका प्रचण्डले राखेको  विश्वासको मत माग्ने प्रस्तावको पक्षमा ६३  मत मात्रै पर्‍यो भने विपक्षमा १९४ मत परेको सभामुखले घोषणा गर्नुभयो। मत दिन्न भन्नेमा एक मत पर्‍यो। प्रतिनिधिसभामा विश्वासको मत पाउनका लागि १६८ मतको आवश्यकता पर्छ ।

सो मत नपाएसँगै प्रचण्ड नेतृत्वको सरकार ढलेको छ।  १८ महिनाको अवधिमा उहाँले पाँचौंपटक विश्वासको मत लिनुभएको हो। तर, चार पटक विश्वासको मत पाउन सफल हुनुभएको प्रधानमन्त्री यो पटक असफल भएपछि प्रतिपक्षमा पुगेका छन्। 

प्रचण्ड २०७९ साल पुस ११ गते तेस्रो कार्यकालका लागि प्रधानमन्त्रीमा नियुक्त हुनुभएको थियो। एमालेसहित १६९ सांसदको समर्थनमा अध्यक्ष प्रचण्ड प्रधानमन्त्रीमा नियुक्त हुनुभएको थियो।

  अब नयाँ सरकार गठनका लागि राष्ट्रपतिले आह्वान गर्नेछन्।

नेपाली कांग्रेस र नेकपा एमालेले असार १७ गते सत्ता सहकार्यको सहमति गरेका थिए।