३ कार्तिक २०८१, शनिबार 1729379151
Banner

प्रधानमन्त्री दाहाल पदमुक्त भएपछि परामर्श लिन राष्ट्रपति पौडेलले बोलाए कानुनविद्

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले कानुनी परामर्शका लागि कानुनविद्हरुलाई राष्ट्रपति भवन शीतल निवासमा बोलाएका छन् । प्रधानमन्त्री पुष्पकमल दाहालले संघीय संसदमा विश्वासको मत नपाएर पदमुक्त भएपछि राष्ट्रपति पौडेलले नयाँ सरकार गठनका लागि परामर्श लिन कानुनविद्लाई बोलाएका हुन् । साँझ ५:४५ बजेका लागि कानुनविद्हरुलाई बोलाइएको छ ।

भावी सरकार संविधानको धारा ७६ (२) वा ७६ (३) अनुसार गठन हुने बारे परामर्श लिन राष्ट्रपति पौडेलले कानुनविद्हरुलाई छलफलका लागि डाकेका हुन् । परामर्शका लागि कानुनविद्हरु विपिन अधिकारी, भीर्माजुन आचार्य, शम्भु थापा, हरिहर दाहाल लगायतलाई आमन्त्रण गरिएको छ ।

नेपाली कांग्रेस र नेकपा एमालेबीच धारा ७६ (२) अनुसार एमाले अध्यक्ष केपी शर्मा ओलीलाई प्रधानमन्त्री बनाउने गरी सहमति बनेको छ ।