४ आश्विन २०८१, शुक्रबार 1726873665
Banner

स्वास्थ्यमन्त्री पौडेलले गरे फूलमाला र खादा लगाउन अस्वीकार

काठमाडौं । नवनियुक्त स्वास्थ्यमन्त्री प्रदीप पौडेलले फूलमाला र खादा लगाउन अस्वीकार गरेका छन् । नवनियुक्त स्वास्थ्यमन्त्री पौडेलले शुभकामना दिँदा माला, खादा नभई स्वास्थ्य क्षेत्र सुधारका सुझाव दिन आग्रह गरे । उनले स्वास्थ्य मन्त्रालयमा रहेर काम गरेर देखाउन नसकेसम्म माला र खादा नलगाउने घोषणा गरे ।

नेपाली कांग्रेसका युवा नेता पौडेल पहिलो पटक सरकारमा गएका हुन् ।

मन्त्री पौडेललाई स्वागत गर्न मन्त्रालयमा स्वास्थ्य सचिव, मन्त्रालयका कर्मचारी, अस्पताल निर्देशकको भीड लागेको थियो ।