३ कार्तिक २०८१, शनिबार 1729359285
Banner

प्रष्टीकरण दिँदै उपसभामुख रानाले भनिन् – पदको गरिमामा आँच आउने काम गरेको छैन

काठमाडौं । उपसभामुख इन्दिरा रानाले करिब डेढ वर्षअघि अमेरिकी दूतावावासलाई लेखेको पत्रका सम्वन्धमा सार्वजनिक प्रष्टीकरण दिएकी छन् । उठेका प्रश्नहरूका सम्बन्धमा विज्ञप्ति निकालेर उपसभामुख रानाले आफूले संघीय संसद् र उपसभामुख पदको गरिमामा आँच आउने कुनै काम नगरेको बताएकी छन् । डेढ वर्ष अगाडि एउटा एनजीओको कार्यक्रममा अमेरिका जाने क्रममा अन्य व्यक्तिहरूलाई समेत लैजान खोजेको र त्यसका लागि अमेरिकी दूतावासलाई लेखेको पत्र सार्वजनिक भएपछि रानामाथि प्रश्न उठेको छ ।

करुणाभावले सहयोग गर्न खोजेको विषयलाई झण्डै डेढ वर्षपछि विवादित बनाउन खोजिएको भन्दै उनले यसलाई आफूविरुद्धको नियोजित कदमका रूपमा समेत चित्रण गरेकी छन् ।