३ आश्विन २०८१, बिहिबार 1726784496
Banner

७ बुँदे सहमति सार्वजनिक गर्दै ओलीले भने, २ वर्षपछि शेरबहादुर देउवाजी प्रधानमन्त्री बन्नुहुन्छ

काठमाडौं। सत्ता साझेदार दलहरु नेपाली कांग्रेस र नेकपा एमालेबीच भएको ७ बुँदे सहमति सार्वजनिक भएको छ । संसद्को आज बसेको बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले सो सहमति सार्वजनिक गरेका हुन् । सहमति सार्वजनिक गर्दै ओलीले सरकार बनेको २ वर्षपछि अर्को सरकारको नेतृत्व नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले गर्ने सहमति भएको जानकारी गराए ।

सातबुँदे सहमतिमा राष्ट्रिय सहमतिको सरकार निर्माण गर्ने, संविधान संशोधनमा प्राथमिकता दिने, विश्वसनीय व्यवसायिक वातावरण तयार गर्ने, सरकार दुई वर्षसम्म केपी शर्मा ओलीले र ०८४ मंसिरमा हुने चुनावसम्म शेरबहादुर देउवाले नेतृत्व गर्ने, न्युनतम साझा कार्यक्रम तय गर्ने, समानताको आधारमा समान हैसियतमा सरकारमा सहभागिता जनाउने र संविधानको मर्म र भावनाअनुरुप प्रदेश सरकार सञ्चालन गर्ने रहेको उल्लेख गरेका छन् ।