३ आश्विन २०८१, बिहिबार 1726783177
समाचार

नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संस्थाद्धारा मुक्तिनाथ विकास बैंक लगातार पाँचौं पटक पुरस्कृत

काठमाडौं । मुक्तिनाथ विकास बैंक गोल्ड अवार्डबाट सम्मानित भएको छ । नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संस्थाले हरेक वर्ष नेपाल वित्तीय प्रतिवेदन मान प्रणाली अन्तर्गत वित्तीय विवरण प्रकाशन गर्ने उत्कृष्ट संस्थाहरुलाई प्रदान गर्दै आएको गरिमामय राष्ट्रिय उत्कृष्ट वार्षिक प्रतिवेदन प्रस्तुत पुरस्कार उत्कृष्ट प्रस्तुत वार्षिक प्रतिवेदन पुरस्कारमा विभिन्न विधाहरुमध्ये वित्तीय क्षेत्र तर्फ आर्थिक वर्ष २०७९र०८० को लागि मुक्तिनाथ विकास बैंक गोल्ड अवार्डबाट सम्मानित भएको हो ।

यो पुरस्कार बाट मुक्तिनाथ बैंक आर्थिक वर्ष २०७५र०७६, २०७६र०७७ , २०७७र०७८, २०७८र०७९ र २०७९र०८० गरि लगातार पाँचौं पटक पुरस्कृत भएको हो ।

नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संस्थाले उत्कृष्ट प्रस्तुत वार्षिक प्रतिवेदन पुरस्कार २०२३ विभिन्न ५ विधामा प्रस्तुत गरेको थियो । विधाहरुमा निजि बैंकिङ्ग क्षेत्र, वित्तीय सेवा क्षेत्र ९अन्य सम्पूर्ण वित्त कार्य गर्ने कम्पनीहरु०, उत्पादन क्षेत्र, शक्ति र उर्जा क्षेत्र, सेवा क्षेत्र रहेका छन् ।

विकास बैंक तथा अन्य वित्तीय कार्य गर्ने कम्पनीहरु मध्येबाट मुक्तिनाथ विकास बैंकले वित्तीय क्षेत्र विधाको सर्बोकृष्ट पुरस्कार ९न्यमि० प्राप्त गरेको छ । गत शनिबार, काठमाडौंमा नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संस्थाले संस्थाको नवनिर्वाचित अध्यक्ष र उपाध्यक्षको सपथ ग्रहण समारोहमा उक्त पुरस्कार प्रदान गरेको थियो ।

उत्कृष्ट वार्षिक प्रतिवेदन प्रस्तुत गरे वापत बैंकलाई दिईने उक्त पुरस्कारलाई अति प्रतिष्ठित पुरस्कार मानिने गरिएको छ । उक्त समारोहका प्रमुख अतिथि अर्थमन्त्री विष्णु प्रसाद पौडेलले मुक्तिनाथ विकास बैंकका कार्यकारी प्रमुख अधिकृत प्रद्युमन पोखरेललाई पुरस्कार हस्तान्तरण गरेका थिए ।

साथै, बैंकले नेपालमै टिक्न सजिलो छ भन्ने नाराको साथ साना व्यापार तथा व्यवसायलाई प्रोत्साहन गर्न मुक्तिनाथ सरल कर्जा योजनाहरु ल्याएको छ ।

बैंकले डिजिटल कारोबारलार्ई प्रोत्साहन गर्न प्रिपेड डलर कार्ड, मोबाईल बैंकिङ्ग, क्यूआर कोड, अनलाईन कर्जा आवेदन, अनलाईन खाता खोल्ने, ईन्टरनेट बैंकिङ्ग, खाता मै रेमिट्यान्स जम्मा तथा मिस्डकल बैंकिङ्ग ९बचत सेवाको लागिः ९८०१११००२२, कर्जा सेवाको लागिः ९८०१११००२३० आदि जस्ता सेवाहरु बैंकको शाखामा भौतिक रुपमा उपस्थित नभई घरबाटै उपयोग गर्न सकिने व्यवस्था गरेको छ ।