३ आश्विन २०८१, बिहिबार 1726785413
Banner

विद्युत् महसुलको विवाद सरकारले चाँडै टुङ्ग्याउँछः प्रधानमन्त्री

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले विद्युत् लाइन काटिएका उद्योगको महसुलका सम्बन्धमा सरकारले अध्ययन गरेर टुङ्ग्याउने बताउनु भएको छ।  प्रतिनिधिसभाको सोमबारको बैठकमा बोल्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले विद्युत् तिर्ने बिषयमा सरकार र नेपाल बिद्युत् प्राधिकरण बीच विवाद रहेको भन्दै सरकारले अध्ययन गरेर टुङ्ग्याउने बताउनुभयो । 

“सरकारले पाउनुपर्ने पर्ने विद्युत् रकम लिनै पर्दछ । तथ्यका प्रमाण आधारमा जुन विद्युत् व्यवसायीले उपयोग गरिरहेका छन् । त्यसको महसुस उनीहरूबाट लिनै पर्दछ,” उहाँले भन्नुभयो, “जुन बिद्युत् बापतको महसुस उनीहरूले प्रयोग गरेका छैनन् । त्यो प्रयोग नगरेको विद्युत् महसुल तिर्नु पदैन । प्रयोग गरेको विद्युत् महसुल तिर्नुपर्दछ । प्रयोग नगरेको विद्युत् महसुल तिर्नुपदैन मैले त्यो भनेको हो उहाँले भन्नुभयो  ।”

 ब्यबसायीको विद्युत् महसुल विवाद  आजको  नभई ९–१० वर्ष अघिको रहेको भन्दै उहाँले पटक–पटक लाइन काटिने र फेरि लाइन जोडिने गरेको बताउनुभयो  । “किन पटक पटक लाइन काटिन्छ र फेरि जोडिन्छ । किन यस्तो भइरहेको छ । म अहिले डिटेलमा जान चाहन्न । पछि आवश्यकता परे डिटेलमा भनौला” उहाँले भन्नुभयो । 

प्रधानमन्त्री ओलीले राजनीतिक पूर्वाग्रहका नाममा झुटको खेती नगर्न र तथ्य प्रमाणका आधारमा सदनमा अभिव्यक्त गर्न  आग्रह गनुभयो । 

उद्योगहरुबाट बिजुली प्रयोग भइ बक्यौता रकम लिनुपर्ने भएमा सरकारले पाउनुपर्ने तर प्रयोग नगरेको विद्युत् महसुल तिर्नु नपर्ने प्रधानमन्त्री ओलीको जवाफ थियो । 

“मलाई कुनै लप्पन छप्पन गर्नु छैन । मलाई कुनै सेटिङ र तन्त्रमा जानु छैन । देश र जनताक हितका पक्षमा निष्ठाका साथ छ दशकदेखि काम गर्दै आएको छु । अब पनि त्यही गर्छु ’’, उहाँले भन्नुभयो, “मैले उद्योगहरूले प्रयोग गरेको महसुल तिनु पर्दैन भनेको छैन । माननीयका हैसियतमा असत्य प्रस्तुत गर्ने र भ्रष्टाचार छोप्नका लागि अरूमाथि भ्रष्टाचारको आरोप कामले सदनको गरिमा रहँदैन । कसैलाई म प्रधानमन्त्री भएको मन नपर्न सक्न, त्यसमा केही छैन । राजनीतिक कुरा राजनीतिक रूपमा लिऔँ । आवेग, उत्तेजना र आरोप प्रत्यारोपमा नआऔँ । सदन सदन जस्तै होस् ।’’

प्रधानमन्त्री ओलीले संसद्को गरिमा राख्न संसदमा सही, तथ्ययुक्त कुरा बोल्नुपर्ने र जथाभाबी, र झुटको सहारा नलिएर  संसदमा बोल्न आग्रह गर्नुभयो । 

“हामी कुनै खेलबाड गर्न नआएको र देश साँच्चिकै जिम्मेवारी बोध गरेर आएका हौ । अवस्थामा परिवर्तन हामीले गर्ने छौ ” उहाँले भन्नुभयो ।