३ मंसिर २०८३, बिहिबार Thursday, 19 November 2026
हामीलाई पछ्याउनुहोस्
३ मंसिर २०८३, बिहिबार 2:42 pm
Banner

लीलादेवी गड्तौला मुख्यसचिवमा नियुक्त

सूचना प्रेस २०८१ श्रावण १० बिहिबार ००:००, १७:०३ बजे १ मिनेट पढाइ

काठमाडौं । लीलादेवी गड्तौला मुख्यसचिवमा नियुक्त भएकी छन् । कायम मुकायम मुख्यसचिव रहेकी गड्तौलालाई बिहीबार बसेको मन्त्रिपरिषद बैठकले मुख्य सचिवमा नियुक्त गर्ने निर्णय गरेको एक मन्त्रीले जानकारी दिए ।

उनी नेपालको निजामती सेवाको उच्च पद मुख्यसचिव बन्ने पहिलो महिला बनेकी छन् ।

उनी ५८ वर्ष उमेर हदका कारण १५ भदौ २०८१ मा अनिवार्य अवकाशमा जानेछिन् ।