५ आश्विन २०८१, शनिबार 1726922222
Banner

अनुमोदन नहुने निस्चित भएपछि निर्वाचन आयुक्तमा सिफारिस प्रधानले फिर्ता लिए नाम

काठमाडौं । निर्वाचन आयोगको आयुक्तमा सिफारिस भएका कृष्णमान प्रधानले आफ्नो नाम फिर्ता लिएका छन् । संसदीय सुनुवाइ समिति सचिवालयका एक सदस्यले दिएको जानकारीअनुसार नाम फिर्ता लिएको निवेदन सोमबार प्रधानले सचिवालयमा दर्ता गराएका छन् ।

“उहाँले निवेदन दर्ता गराउनुभएको छ । समितिमा निवेदन दर्ता भइसक्यो,” ती सदस्यले भने ।

उनलाई आयुक्त सिफारिस गर्ने नगर्ने निर्णय गर्न सोमबार बिहान ११ः३० का लागि समिति बैठक बोलाइएको थियो । तर, बैठक नबसी साँझ ५ बजेसम्मका लागि स्थगित गरिएको थियो । उनी आफैँले नाम फिर्ता लिउन् भनेरै समिति बैठक सारिएको ती सदस्यले जानकारी दिए ।