८ मंसिर २०८१, शनिबार 1732367982
Banner

आजबाट एसईई परिक्षा सुरु, पाँच लाख १४ हजार ९७७ परीक्षार्थी सहभागि हुँदै

काठमाडौँ । यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई) आजदेखि सुरु हुँदैछ । विहान ८ बजेदेखि देशभर एकैसाथ एसईई परिक्षा सन्चालन हुने राष्ट्रिय परिक्षा बोर्डले जनाएको छ । विगत २ वर्ष कोरोना महामारीका कारण बोर्ड परीक्षा हुन नसकेको एसईईमा यस वर्ष भने भौतिक रुपमै परीक्षा सञ्चालन गरिँदै छ । ती दुई वर्ष आन्तरिक मूल्यांकनबाट विद्यार्थीहरुलाई एसईई पास गराइएको थियो ।

राष्ट्रिय परीक्षा बोर्डले एसईई परीक्षाका लागि देशभर २ हजार ७ परीक्षा केन्द्र तय गरेको जनाएको छ । ती केन्द्रहरुमा बोर्डले तयार पारेका प्रश्नपत्रहरु पठाइने र सामान्य मापदण्ड अपनाएर परीक्षा सञ्चालन हुनेछ । बोर्डका अनुसार यस वर्षको एसईई परीक्षामा ५ लाख १४ हजार ९ सय ७७ जना परीर्थी सहभागी हुँदैछन् । जसमा नियमिततर्फ ४ लाख ८८ हजार ७ सय ४२ जना र ग्रेड वृद्धितर्फ ११ हजार ४ सय ५४ विद्यार्थी सहभागी हुनेछन् । यसबर्षको एसईई परीक्षामा सवैभन्दा कम परिक्षार्थी मनाङ्गमा रहेका छन् । मनाङ्गबाट ४३ जना विद्यार्थी सहभागि भएको बोर्डले जनाएको छ ।