६ आश्विन २०८१, आइतबार 1727044069
Banner

२ वर्ष पुग्नु एक हप्ता अगाडि राजीनामा दिन्छु, त्यसपछि देउवा जीको नेतृत्वमा जान्छौँ : प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकार दुई वर्ष आफ्नो नेतृत्वमा चल्ने बताएका छन् । मंगलबार सचिवहरुलाई निर्देशन दिँदै उनले सरकारको विषयमा चिन्ता नगर्न आग्रह गरे ।

प्रधानमन्त्री ओलीले कांग्रेस र एमालेले कर्तव्यबोध गरेर सरकार बनाएको बताए ।

प्रधानमन्त्री ओलीले आफू २ वर्ष पुग्नुभन्दा एक हप्ता अघि राजीनामा दिने र त्यसपछि कांग्रेस सभापति शेरबहादुर देउवा प्रधानमन्त्री बनेर चुनावसम्म जाने बताए ।

उनले भने, ‘यो सरकार मेरो नेतृत्वमा २ वर्ष चल्ने हो, २ वर्ष पुग्नुभन्दा एक हप्ता अगाडि नै मैले राजीनामा गरिसकेको हुन्छु । गर्छ कि गर्दैन भन्ने कुनै दुविधा हुन्न, यसपछि शेरबहादुरजीको नेतृत्वमा जाने हो ।’