४ आश्विन २०८१, शुक्रबार 1726845766
Banner

पहिरोले घर पुरिँदा हजुरआमा र नातिनीको मृत्यु

काठमाडौं । रोल्पामा पहिरोले घर पुरिँदा हजुरआमा र नातिनीको मृत्यु भएको छ।

सुनछहारी गाउँपालिका ४ सिउरीमा देउसिंह कामीको घर गएराति १० बजे पहिरोले पुर्दा आमा ७० वर्षीया बुसुना र ४ वर्षीया छोरीको मृत्यु भएको हो ।

देउसिंह र उनकी पत्नी कामको सिलसिलामा बाहिर रहेकाले जोगिएको प्रहरीले जनाएको छ।