१५ श्रावण २०८३, शुक्रबार 1785507209
Banner

सुविधा सम्पन्न क्रिकेट रङ्गशाला बनाउने सरकार प्रतिबद्ध छ: प्रधानमन्त्री ओली

काठमाडौं-प्रधानमन्त्री केपी शर्मा ओलीले सुविधा सम्पन्न क्रिकेट रङ्गशाला बनाउने प्रतिबद्धता दोहोर्‍याउन भएको छ।
आफूलाई गतिलो रङ्गशाला बनाउनु पर्‍यो भन्ने सुझाव लगातार आइरहेको ओलीले बताउनुभएको छ। शनिबार बिहान सामाजिक सञ्जाल फेसबुक मार्फत ओलीले सरकारको पहिलो निर्णय नै सुविधा सम्पन्न रङ्गशाला बनाउने भएको कुरा स्मरण गराउनुभएको छ।

नेपाल क्रिकेट संघका अध्यक्ष चतुरबहादुर चन्द तथा सचिव पारस खड्का लगायतसँगको बालुवाटारमा खिचेको फोटो फेसबुकमा सार्वजनिक गर्दै ओलीले सामाजिक सञ्जालमा आफूलाई गतिलो रङ्गशाला बनाउनु पर्‍यो भन्ने सुझाव सबैभन्दा बढी आएको उल्लेख गर्नुभएको छ। ‘सामाजिक सञ्जालमा मलाई एउटा गतिलो रङ्गशाला बनाउनु पर्‍यो भन्ने सुझाव सबैभन्दा धेरै आएको छ, यो सरकारको पहिलो निर्णय नै सुविधा सम्पन्न रङ्गशाला बनाउने छ, क्यानका चतुरबहादुर चन्द र पारस खड्का लगायतका साथीहरूसँग बालुवाटारमा’, ओलीले फेसबुकमा लेख्नु भएको छ।