६ आश्विन २०८१, आइतबार 1727039030
Banner

प्रधानमन्त्री ओली र कांग्रेस सभापति देउवाबीच नेपालको हवाई सुरक्षाबारे छलफल

काठमाडौं-नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले प्रधानमन्त्री केपी शर्मा ओलीसँग नेपालको हवाई सुरक्षाबारे छलफल छलफल गर्नुभएको छ। सभापति देउवासहित कांग्रेसका नेताहरू बालुवाटार पुगेर नेपालमा निरन्तर भइरहेका हवाई दुर्घटनाका विषयमा छलफल गर्नुभएको हो।

नागरिक उड्डयन प्राधिकरणलाई सेवा प्रदायक र नियामक गरी छुट्टाछुट्टै निकाय बनाउनु पर्ने आईकाओ र इयूको सुझाव कार्यान्वयनका विषयमा सकारात्मक रहेको सांसद सांसद उदय शमशेर राणाले बताउनु भयो।

प्रधानमन्त्री ओलीसँग छलफल गर्न सभापति देउवासँगै सहमहामन्त्री जीवन परियार, गृहमन्त्री रमेश लेखक, परराष्ट्रमन्त्री डा. आरजु राणा देउवा, सांसदहरू उदयशमशेर राणा, राजेन्द्र बजगाईँ, ईश्वरी न्यौपाने, प्रतिमा गौतम, सञ्जय गौतम, सरिता प्रसाईँ, राजन केसीलगायत सहभागी हुनुभएको थियो।