२८ भदौ २०८३, आइतबार 1789331128
Banner

प्रधानमन्त्री ओलीद्वारा काठमाडौं-निजगढ फाष्ट ट्रयाकको निरीक्षण

काठमाडौं-प्रधानमन्त्री केपी शर्मा ओलीले बहुचर्चित काठमाडौं–निजगढ फाष्ट ट्रयाकको निरीक्षण गर्नुभएको छ।

प्रधानमन्त्री ओली आज उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेल, मुख्य सल्लाहकार विष्णु रिमालसहित सरकारी टोली लिएर फाष्ट ट्र्याकको निरीक्षणमा जानुभएको हो। फास्ट ट्रयाकको निर्माण नेपाली सेनाले गरिरहेको छ।

प्रधानमन्त्रीका मुख्य सल्लाहकार रिमालका अनुसार प्रधानमन्त्री ओलीले फास्ट ट्रयाकमा भइरहेको ढिलाई र कामलाई तीब्रता दिएर समयभित्रै सम्पन्न गराउने चाहनासहित प्रधानमन्त्री ओलीले निरीक्षण गर्नुभएको हो।