९ आश्विन २०८१, बुधबार 1727251942
Banner

राष्ट्रपति पौडेलद्वारा रक्षाबन्धन ग्रहण

काठमाडौँ, ३ भदौ : राष्ट्रपति रामचन्द्र पौडेलले रक्षाबन्धन तथा जनैपूर्णिमाको अवसरमा आज वैदिक विधिअनुसार नवयज्ञोपवित जनै एवम् रक्षाबन्धन ग्रहण गर्नुभएको छ ।

राष्ट्रपति पौडेल रक्षाबन्धन ग्रहण गर्नुहुँदै काठमाडौँ, ३ भदौः राष्ट्रपति रामचन्द्र पौडेल सोमबार राष्ट्रपति भवन शीतलनिवासमा रक्षाबन्धन तथा जनैपूर्णिमाका अवसरमा वैदिक विधिअनुरूप नवयज्ञोपवित जनै एवं रक्षाबन्धन ग्रहण गर्नुहुँदै । तस्बिर सौजन्यः राष्ट्रपतिको कार्यालय÷रासस

राष्ट्रपति पौडेलसहित प्रथम महिला सविता पौडेलले पण्डित अर्जुन न्यौपानेबाट निर्धारित साइतअनुसार वैदिक विधिअनुसार रक्षाबन्धन ग्रहण गर्नुभएको राष्ट्रपति कार्यालयले जनाएको छ । राष्ट्रपति कार्यालय शीतल निवासमा राष्ट्रपतिका आफन्तजनले समेत रक्षाबन्धन ग्रहण गर्नुभएको थियो ।