५ आश्विन २०८१, शनिबार 1726942979
Banner

रामेछाप पहिरोमा पुरिएरका ६ जनाको शव भेटियो, ४ जना अझै बेपत्ता

रामेछाप– रामेछापको दोरम्बा शैलुङ गाउँपालिका–३ टोकरपुरको लेखर्कमा गएको पहिरोमा परी मृत्यु हुनेको संख्या ६ पुगेको छ । अविरलको वर्षापछि गएराति गएको पहिरोले चारवटा घर बगाउँदा बेपत्ता भएकामध्ये ६ जनाको शव फेला परेको प्रमुख जिल्ला अधिकारी अनिता निरौलाले जानकारी दिइन्। उनले अझै ४ जना बेपत्ता रहेको बताइन् । एकजना बालिका अञ्जना पहरीको घाइते अवस्थामा उद्धार गरिएको छ ।

मृत्यु भएका मध्ये दुईजनाको मात्रै पहिचान खुलेको छ । मृत्यु हुनेमा ३२ वर्षीय चण्डिका श्रेष्ठ (थापा) र उनका नाबालक छोरा आमुस रहेको जिल्ला प्रहरी कार्यालय रामेछापले जनाएको छ ।