५ आश्विन २०८१, शनिबार 1726939000
Banner

रास्वपा प्रदेशमा पनि विवाद : सुदूरपश्चिम प्रदेशले सोध्यो महामन्त्री बाहुनलाई स्पष्टीकरण

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)मा केन्द्र पछि प्रदेशमा पनि विवाद देखिएको छ । केन्द्रीय महामन्त्री डा.मुकुल ढकाललाई साधारण सदस्य समेत नरहने गरी कारबाही भएपश्चात् प्रदेश कार्यसमितिमा पनि विवाद देखिएको हो ।

रास्वपा सुदूरपश्चिम प्रदेश कार्यसमितिमा लफडा देखिएको हो । प्रदेश कार्यसमितिले महामन्त्री पारस बाहुनलाई ७२ घण्टे स्पष्टीकरण सोधेको पत्र बाहिरिएको छ । भदौ १० को मितिमा जारी भएको पत्रमा प्रदेश सभापति प्रकाश विष्टले २१ बुँदे कारण देखाउँदै स्पष्टीकरण सोधेका हुन् ।

‘८ महिनाको समय अवधिमा करिब ४ महिना यता यहाँले प्रदेशको सङ्गठनप्रति चासो दिएको र सङ्गठनलाई सहयोग गरिएको देखिएन‚’ स्पष्टीकरण सोध्दै लेखिएको छ‚‘सहयोग गर्नुपर्ने ठाउँमा यहाँले केन्द्रको धाक, धम्की र घमन्ड देखाई प्रदेश नेतृत्वलाई विविध कुराहरूमा अटेर गरिएको हुँदा यहाँलाई निम्न विषयमा रही स्पष्टीकरण सोधिएको छ । साथै उक्त कुराको स्पष्ट जवाफ ७२ घण्टा (भदौ १३ गते दिउँसो १२ बजेसम्म) भित्र उपलब्ध गराउन हुन निर्देशन गरिन्छ ।’