३ आश्विन २०८१, बिहिबार 1726784156
Banner

ब्राजिलमा सोसल मिडिया प्लेटफर्म एक्समाथि प्रतिबन्ध

ब्रासिलिया । ब्राजिलले सोसल मिडिया प्लेटफर्म एक्समाथि प्रतिबन्ध लगाएको छ। ब्राजिलको सर्वोच्च अदालतको फैसलापछि यो कदम चालिएको हो । दिइएको म्यादभन्दा पहिले एक्सले ब्राजिलमा आफ्नो कानुनी प्रतिनिधि नियुक्त गर्न असफल भएको थियो। अदालतका सबै आदेशहरू पुरा नगरेसम्म र जरिवाना नतिरेसम्म एक्सलाई ‘तत्काल र पूर्णरुपमा प्रतिबन्ध’ गर्न न्यायाधीश अलेक्जान्डर डे मोरेसले आदेश दिए ।

यो सम्पूर्ण मुद्दा यस वर्ष अप्रिलमा सुरु भएको थियो । त्यतिबेला न्यायाधीशहरूले गलत सूचना फैलाएको आरोपमा दर्जनौँ एक्सका खाताहरू प्रतिबन्ध लगाएका थिए । उक्त आदेशको जवाफ दिँदै एक्सका मालिक एलन मस्कले भनेका थिए, ‘ वाक् स्वतन्त्रता कुनै पनि लोकतन्त्रको जग हो र जनताबाट निर्वाचित नभएका ब्राजिलका न्यायाधीशहरूले राजनीतिक दबाबमा परेर यसलाई बर्बाद गरिरहेका छन्।’