३ आश्विन २०८१, बिहिबार 1726810410
Banner

कांग्रेस महामन्त्रीद्वयको प्रतिवेदनमाथि सहमति नजिक

काठमाडौं  । नेपाली कांग्रेसको आज बसेको शीर्ष नेताको बैठक बिना निष्कर्ष टुंगिएको छ । बैठक भोलि दिउँसो १ बजेसम्मका लागि सारिएको छ ।

आजको बैठक बिना निष्कर्ष टुंगिए पनि महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले पेश गरेको प्रतिवेदन छलफलमा सहमति नजिक पुगिएको एक नेताले बताएका छन् । आइतबार ३ बजे डाकिएको केन्द्रीय समिति बैठक अगाडि नै बस्ने शीर्ष नेता बैठकमै यो विषय टु‌ंगो लगाउने कांग्रेसको तयारी छ ।

गठबन्धन टुटिसकेकाले अबको चुनावमा एक्लै बहुमत ल्याउने गरी संगठन निर्माण गर्ने गर्ने विषयमा पनि छलफल भएको बैठकमा सहभागी ती नेताले जानकारी दिए ।