४ आश्विन २०८१, शुक्रबार 1726820827
Banner

रास्वपा मधेस प्रदेशको विस्तारित बैठक सर्लाहीमा

सर्लाही । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) मधेस प्रदेशको विस्तारित बैठक सर्लाहीको लालबन्दीमा सुरु भएको छ ।  विस्तारित बैठकमा राष्ट्रिय स्वतन्त्र पार्टीका केन्द्रीय सभापति रवि लामिछाने, उपसभापति एवं सांसद डा.स्वर्णिम वाग्ले, कार्यवाहक प्रवक्ता एवं सांसद मनिष झा लगायतका नेताहरू सहभागी छन् । विस्तारित बैठकमा प्रदेश समितिका पदाधिकारी र सदस्य, विभागका प्रमुख र सदस्य तथा जिल्ला संयोजक र सह संयोजकलगायत झन्डै ३ सय नेता कार्यकर्ता सहभागी रहेका छन् ।

बैठकमा सभापति लामिछानेले २०७९ को निर्वाचनका उम्मेदवारसँग पनि छुट्टै छलफल गर्ने कार्यक्रम रहेको कार्यवाहक प्रवक्ता मनिष झाले बताएका छन् । कर्णाली प्रदेशको सुर्खेत, लुम्बिनीको नेपालगन्ज, कोशीको इटहरी, बागमतीको कीर्तिपुरमा प्रदेशस्तरीय बैठक समापन गरेर सो पार्टीले मधेस प्रदेशमा विस्तारित बैठक आयोजना गरेको हो । मधेसपछि सुदूरपश्चिम र गण्डकीमा एक साताभित्र बैठक गर्ने रास्वपाले जनाएको छ ।