३ आश्विन २०८१, बिहिबार 1726784778
समाचार

नेपाल टेलिकमको प्रबन्ध निर्देशकमा संगीता पहाडी नियुक्त

काठमाडौँ । नेपाल दूरसञ्चार कम्पनी लिमिटेड (नेपाल टेलिकम) को प्रबन्ध निर्देशकमा संगीता पहाडी नियुक्त भएकी छिन् । बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले पहाडीलाई टेलिकमको प्रबन्ध निर्देशक नियुक्त गर्ने निर्णय गरेको हो।

टेलिकमका तत्कालीन प्रबन्ध निर्देशक सुनिल पौडेलमाथि भ्रष्टाचार र अकुत सम्पत्तिको मुद्दा लागेर निलम्बन भएसँगै पहाडी कार्यवाहक प्रबन्ध निर्देशकको रूपमा काम गर्दै आएकी थिइन् ।

यसैगरी सरकारले नेपाल पर्यटन बोर्डको प्रमुख कार्यकारी अधिकृत (सिइओ) दीपकराज जोशी नियुक्त गरेको छ ।