८ कार्तिक २०८१, बिहिबार 1729779236
समाचार

दायित्व वोध हुनेगरी कार्यसम्पादन गर्न उर्जामन्त्री दीपक खड्काको निर्देशन

संखुवासभा । उर्जा, जलस्रोत तथा सिंचाईमन्त्री दीपक खड्काले दायित्व बोध हुनेगरी कार्यसम्पादन गर्न कर्मचारीलाई निर्देशन दिनुभएको छ ।

जिल्ला प्रशासन कार्यालय संखुवासभामा सोमबार साँझ आयोजित जिल्लास्थित कार्यालयका प्रमुखसँगको भेटमा उहाँले संखुवासभाको विकासका लागि कटिवद्ध भएर लाग्न निर्देशन दिनुभएको हो । मन्त्री खड्काले संखुवासभाका कतिपय स्थानीय तहमा कर्मचारीको अभाव हुँदा कार्यसम्पादनमा समस्या भएको उल्लेख गर्नुभयो । “म नेपाल सरकारको मन्त्रीसँगै यस क्षेत्रको जनप्रतिनिधीसमेत हुँ, यस क्षेत्रको विकासका लागि तपाईँहरु कटिवद्ध भएर लाग्नुहोस्,”– मन्त्री खड्काले भन्नुभयो । 

उहाँले कर्मचारीले राम्रोसँग कार्यसम्पादन नगर्दा यसको असर राज्यलाई पर्ने बताउनुभयो । मन्त्री खड्काले प्रत्येक १५ दिनमा सबै कार्यालयको प्रमुखलाई बोलाएर कार्यसम्पादनका क्रममा भएका समस्यालाई बुझ्न प्रमुख जिल्ला अधिकारीलाई निर्देशन समेत दिनुभयो । राजनीतिक पूर्वाग्र्रह राखे विकासको काम न्यायोचित नहुने उहाँको भनाई थियो ।