१ जेष्ठ २०८३, शुक्रबार 1778905658
Banner

बालुवाटारमा संवैधानिक परिषदको बैठक सुरु

काठमाडौं-प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा संवैधानिक परिषद्को बैठक सुरु भएको छ।

बालुवाटार स्रोतका अनुसार संवैधानिक परिषदका सबै सदस्य बैठकमा सहभागी छन्। बैठकमा भावी प्रधानन्यायाधीश, निर्वाचन आयुक्त लगायत संवैधानिक पदहरुमा सिफारिस गर्ने एजेण्डा छ।

प्रधानमन्त्री अध्यक्ष रहने परिषदमा प्रधानन्यायाधीश, सभामुख, राष्ट्रियसभाका अध्यक्ष, उपसभामुख र प्रमुख विपक्षी दलका नेता सदस्य रहने संवैधानिक व्यवस्था छ।