८ मंसिर २०८१, शनिबार 1732351024
Banner

मोरङका १५ पालिकामा एमालेका उमेदवार छनोट, यी हुन उम्मेदवार

विराटनगर । नेकपा एमालेले आसन्न स्थानीय तह निर्वाचनका लागि मोरङका १५ स्थानीय तहमा उमेदवार तय गरेको छ ।

यही वैशाख ३० गते हुने निर्वाचनका लागि जिल्लाका १७ मध्ये १५ पालिकामा उमेदवार तय भइसकेको एमाले मोरङले जनाएको छ । जिल्ला कमिटीले दिएको जानकारीअनुसार विराटनगर महानगरपालिका र बेलबारी नगरपालिकाका उमेदवारको टुंगो लाग्न बाँकी छ । बेलबारीमा उपमेयरको भने टुंगो लागिसकेको छ ।

एमालेले सुनवर्षी नगरपालिकाको मेयरमा श्याम राजवंशी र उपमेयरमा मीरा दास, पथरीशनिश्चरे नगरपालिकाको मेयरमा मोहन तुम्बापो र उपमेयरमा देवीमाया काफ्ले, उर्लाबारी नगरपालिकाको मेयरमा गंगा खरेल र उपमेयरमा मीना पौडेललाई उमेदवार बनाउने निर्णय गरेको छ ।

यस्तै, रतुवामाई नगरपालिकाको मेयरमा दुर्गा विष्ट र उपमेयरमा दयन्ता चुँडाल उमेदवार हुनेछन् । चुँडाल बहालवाला उपमेयर हुन् । लेटाङ नगरपालिकाको मेयरमा भूपेन्द्र लावती र उपमेयरमा कृष्णकुमारी निरौला उमेदवार रहनेछन् । कृष्णकुमारी बहालवाला उपमेयर हुन् ।

सुन्दरहरैँचा नगरपालिकाको मेयरमा केदार गुरागाईं र उपमेयरमा अकली चौधरीले टिकट पाएका छन् । रंगेली नगरपालिकाको मेयरमा दिलीप बगडिया र उपमेयरमा भूमा पराजुली उमेदवार बन्नेछन् । बगडिया हालै मात्र नेकपा -माओवादी केन्द्र_ त्यागेर एमालेमा गएका हुन् । यसैगरी, बेलबारी नगरपालिकाको मेयरमा डीपी राई र ज्ञानेन्द्र सुवेदीको चर्चा छ । उपमेयरमा भने गंगा श्रेष्ठले टिकट पाएकी छन् ।

ग्रामथान गाउँपालिकाको अध्यक्षमा शिवनारायण माझी र उपाध्यक्षमा गुणावती धामी, कानेपोखरी गाउँपालिकाको अध्यक्षमा राजमती इङ्नाम र उपाध्यक्षमाा भोला अधिकारी, मिक्लाजुङ गाउँपालिकाको अध्यक्षमा नरेन्द्रप्रसाद ढुंगेल र उपाध्यक्षमा निर्मला राई, केराबारी गाउँपालिकाको अध्यक्षमा सुमन मिरिङ्चिङ र उपाध्यक्षमा मनमाया मगर उमेदवार बन्नेछन् ।

बूढीगंगा गाउँपालिकाको अध्यक्षमा बलभद्र सरदार र उपाध्यक्षमा तुलसा कुवँर विष्ट, कटहरी गाउँपालिकाको अध्यक्षमा सुवास सरदार र उपाध्यक्षमा सीता राजवंशी, कानेपोखरी गाउँपालिकाको अध्यक्षमा राजमती इङ्नाम र उपाध्यक्षमा भोला अधिकारी, मिक्लाजुङ गाउँपालिकाको अध्यक्षमा नरेन्द्रप्रसाद ढुंगेल र उपाध्यक्षमा निर्मला राई उमेदवार बन्नेछन् ।

यस्तै, जहदा गाउँपालिकाको अध्यक्षमा यशोदा गिरी र उपाध्यक्षमा अनिता सोरेन उमेदवार बन्नेछन् । धनपालथान गाउँपालिकाको अध्यक्षमा मुसहरु मण्डल र उपाध्यक्षमा उपासीदेवी राजवंशी उमेदवार बन्ने तय गरिएको छ ।